Skip to Content
हाम्रो बारेमा

पार्टी परिचय

उज्यालो नेपाल पार्टी सुशासन, समृद्धि, सामाजिक न्याय र हरित क्रान्तिको अवधारणालाई केन्द्रमा राख्दै नयाँ राजनीतिक संस्कार र आर्थिक–सामाजिक रूपान्तरणको लक्ष्यसहित स्थापना भएको राजनीतिक शक्ति हो। नेपालको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र नागरिक सर्वोच्चतालाई मूल राजनीतिक आदर्श मान्दै पार्टीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपाली समाजको विविधतालाई सम्मान गर्ने प्रतिबद्धता राख्छ। पार्टीले विधिको शासन, आवधिक निर्वाचन, मानव अधिकार, प्रेस स्वतन्त्रता, पारदर्शिता, जवाफदेहिता र उत्कृष्टतालाई लोकतान्त्रिक अभ्यासका आधारका रूपमा स्वीकार गरेको छ। व्यक्ति–केन्द्रित राजनीतिभन्दा नीति, विधि, संगठन, जिम्मेवारी र परिणाममुखी कार्यसंस्कृतिलाई प्राथमिकता दिँदै योग्य व्यक्तिलाई उपयुक्त भूमिकामा स्थापित गर्ने यसको दृष्टिकोण छ। राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनमा अनुभूत हुने आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्नु पार्टीको प्रमुख लक्ष्य हो। त्यसका लागि सक्षम संस्था, प्रभावकारी सार्वजनिक सेवा, इमानदार प्रशासन, नागरिक सहभागिता र दीर्घकालीन राष्ट्रिय हितमा आधारित नीति निर्माणलाई महत्त्व दिइएको छ। हरित क्रान्तिको अवधारणाअनुसार उत्पादन, ऊर्जा, उद्यमशीलता, कृषि, रोजगारी, प्रविधि र नवप्रवर्तनलाई वातावरणीय दिगोपनसँग जोड्दै प्राकृतिक स्रोत, पर्यटन र मानव पुँजीको जिम्मेवार उपयोगमार्फत आत्मनिर्भर तथा प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गर्नु पार्टीको लक्ष्य हो। युवा, महिला र विविध समुदायको अर्थपूर्ण सहभागिता, समावेशी नेतृत्व र जनउत्तरदायी संगठनमार्फत उज्यालो नेपाल पार्टीले आशा, अवसर र समृद्धिसहित उज्यालो भविष्यको नेपाल निर्माण गर्ने संकल्प लिएको छ।
Ujyalo Nepal — Our Story

पदाधिकारीहरू

Raj Kumar Giri
वरिष्ठ नेता

ई. अनुप कुमार उपाध्याय

Kulman Ghising
अध्यक्ष

ई. कुलमान घिसीङ

Gagan Kumar Thapa
उपाध्यक्ष

प्रा.डा. महेन्द्र सुन्दर लावती

Dr. Raju Thapa
उपाध्यक्ष

राजेश पोर्तेल

Nihil Yadav
महासचिव

धर्म चौधरी

Rojina Thapa
उपमहासचिव

जितराम लामा

Er. Pratik Tiwari
मुख्य सचिव

डा. राजु थापा

Dr. Rani Magar
प्रवक्ता

राजेन्द्र अवस्थी

सचिव

केदार खड्का

सचिव

रामेश्वर श्रेष्ठ

सचिव

सुमी लामा

कोषाध्यक्ष  

भगवती कक्षपती  

  सह–प्रवक्ता

अञ्जु राई

सचिवालयका सदस्यहरू

उज्यालो नेपाल पार्टीका सचिवालय सदस्यहरु

हाम्रो सचिवालय समितिले देशभरका समर्पित सदस्यहरूलाई एकताबद्ध गर्दछ।

क्र.सं.
नाम
पद
जिल्ला
ई. कुलमान घिसीङ
अध्यक्ष
काठमाडौं
ई. अनुप कुमार उपाध्याय
वरिष्ठ नेता
डोटी
प्रा.डा. महेन्द्र सुन्दर लावती
उपाध्यक्ष
पाँचथर
राजेश पोर्तेल
उपाध्यक्ष
इलाम
धर्म चौधरी
महासचिव
बर्दिया
Showing १-५ of २४ entries
केन्द्रीय सदस्यहरू

केन्द्रीय कमिटी सदस्यहरु

हाम्रो केन्द्रीय समितिले देशभरका समर्पित सदस्यहरूलाई एकताबद्ध गर्दछ।

क्र.सं.
नाम
जिल्ला
ई. कुलमान घिसीङ
काठमाडौं
ई. अनुप कुमार उपाध्याय
डोटी
प्रा.डा. महेन्द्र सुन्दर लावती
पाँचथर
राजेश पोर्तेल
इलाम
धर्म चौधरी
बर्दिया
Showing १-५ of ९७ entries
विभागहरू

पार्टीका विभागहरू

हाम्रा विशिष्ट विभागहरू अझ सबल र समावेशी नेपालका लागि महत्त्वपूर्ण क्षेत्रहरूमा केन्द्रित छन्।

संगठन विभाग

स्कूल तथा प्रशिक्षण विभाग

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग

विपद् व्यवस्थापन तथा मानवीय सहायता विभाग

नीति अनुसन्धान विभाग

कोष तथा आर्थिक व्यवस्थापन विभाग

प्रचारप्रसार तथा प्रकाशन विभाग

कानून तथा न्याय विभाग

निर्वाचन विभाग