सुशासन, समृद्धि, सामाजिक न्याय
उज्यालो नेपाल पार्टी नेपाललाई सुशासन, समृद्धि, सामाजिक न्याय र हरित विकासको मार्गबाट सक्षम, आत्मनिर्भर र समुन्नत राष्ट्र बनाउने उद्देश्यसहित स्थापित राजनीतिक शक्ति हो।
हाम्रो बारेमा
उज्यालो नेपाल पार्टी सुशासन, समृद्धि, सामाजिक न्याय र हरित क्रान्तिलाई केन्द्रमा राखेर स्थापना भएको राजनीतिक दल हो। पार्टीले देशको शासन प्रणाली, नीति निर्माण प्रक्रिया र सार्वजनिक सेवाप्रवाहलाई परिणाममुखी, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्य राखेको छ। समयमै सेवा प्रवाह, सम्मानजनक व्यवहार, प्रक्रियागत सरलता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै संविधानले स्थापित गरेका लोकतान्त्रिक उपलब्धि, राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता, विधिको शासन, मानव अधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र प्रतिस्पर्धी बहुदलीय प्रणालीप्रति पार्टी प्रतिबद्ध छ।
पार्टीले पुरानो अभ्यास, भागबण्डा र अवसरवादबाट उत्पन्न समस्याको समाधान शासन सुधार, प्रणालीगत परिवर्तन र नागरिककेन्द्रित सेवाप्रवाहबाट सम्भव हुन्छ भन्ने मान्यता राख्दछ। भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता, पारदर्शी निर्णय प्रक्रिया, निरन्तर निगरानी र नागरिक सहभागितासँगै जल, जमिन, जंगल, स्वच्छ ऊर्जा, कृषि, उद्योग, पर्यटन, प्रविधि र मानव संसाधनलाई जोडेर हरित क्रान्तिमार्फत उत्पादन, रोजगारी, आत्मनिर्भरता र दिगो समृद्धि हासिल गर्न सकिन्छ भन्ने पार्टीको आर्थिक दृष्टिकोण रहेको छ। योग्यता, इमानदारीता र जनविश्वासलाई नेतृत्वको आधार बनाउँदै युवालाई नीति निर्माणदेखि कार्यान्वयनसम्म अग्रपंक्तिमा ल्याउने तथा समान सोच भएका शक्ति र समूहसँग सहकार्य गर्दै सक्षम, स्वाभिमानी, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य पार्टीले राखेको छ।
हामीसँग जोडिनुहोस् ।
उज्यालो जनप्रतिनिधि तयारी मञ्च
उज्यालो नेपाल पार्टीले आगामी स्थानीय निर्वाचनका लागि सक्षम, इमानदार, जनमुखी र प्रतिबद्ध सम्भावित उम्मेदवारहरूलाई Digital Platform मार्फत जोड्दैछ।
पदाधिकारीहरू
हाम्रा गतिविधिहरू
उज्यालो नेपाल पार्टीको तेस्रो सचिवालय र दसौं केन्द्रीय समिति बैठक सम्पन्न
अक्सफोर्ड डिप्लोम्याटिक सोसाइटीसँग उज्यालो नेपाल पार्टीको उच्चस्तरीय विचार आदानप्रदान
ऊर्जा, सुशासन र हरित विकासका विषयमा अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसँग गहन छलफल
उज्यालो नेपाल पार्टीको निर्वाचन प्रतिवद्धता–पत्र (सारांश)
उज्यालो नेपाल पार्टीको निर्वाचन प्रतिवद्धता–पत्र (सारांश)
सुशासन, समृद्धि र सामाजिक न्यायका एजेन्डासहित राजापुर नागरिक कार्यक्रम सम्पन्न, २४६ जनाको पार्टी प्रवेश
कार्यक्रममा थरुहट थारुवान राष्ट्रिय युवा शक्तिका संयोजक सिताराम थारुले युवाहरु अब देशलाई सक्षम तरिकाले हाँक्न राजनितिमा आउनु पर्ने बताउनु भयो । उहाँले राजापुर न
विदेशस्थित नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न तथा बेजिल्ला मताधिकार सुनिश्चित गर्न उज्यालो नेपाल पार्टीद्वारा निर्वाचन आयोगमा ज्ञापनपत्र पेस
उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तलाई विदेशस्थित नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक नीतिगत तथा प्राविधिक पहल गर्न आग्रह ग
प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि आवेदन आह्वान
पार्टीले सबै निर्वाचन क्षेत्र लक्षित गरी इमानदार, स्वच्छ छवि भएका, आफ्नो क्षेत्रमा सकारात्मक योगदान दिएर पहिचान बनाएका व्यक्तिहरूलाई प्रत्यक्षतर्फ उम्मेदवार बन्
उज्यालो नेपाल पार्टीको घोषणा सभा सम्पन्न
कार्यक्रमका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले जेन जी आन्दोलनलाई केवल सडकको आन्दोलनमा सीमित नराखी संगठित, नीतिगत र उत्तरदायी राजनीतिक
निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टी दर्ता
दर्ता प्रक्रिया पूरा भएपछि पार्टीले काठमाडौँको प्रज्ञा भवन, कमलादीमा घोषणा सभा तथा घोषणापत्र सार्वजनिक कार्यक्रमको तयारी थालेको छ । उक्त कार्यक्रममा युवा पुस्ता