मंसिर १७, २०८२, उज्यालो नेपाल पार्टीले आगामी संघीय र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवार पहिचान गर्न सर्वसाधारणबाट आवेदन आह्वान गरेको छ । पार्टीले जेन जी आन्दोलनबाट देखिएको ऊर्जा, क्षमतावान युवाशक्ति र व्यवसायिक तथा प्राविधिक ज्ञान भएका नागरिकलाई विधायिकामा पु¥याउँदै आर्थिक रूपान्तरण, सुशासन र सामाजिक न्यायको एजेन्डा अगाडि बढाउने उद्देश्यका साथ उम्मेदवार चयन प्रक्रिया सुरु गरेको छ । पार्टीले सबै निर्वाचन क्षेत्र लक्षित गरी इमानदार, स्वच्छ छवि भएका, आफ्नो क्षेत्रमा सकारात्मक योगदान दिएर पहिचान बनाएका व्यक्तिहरूलाई प्रत्यक्षतर्फ उम्मेदवार बन्ने इच्छुक भए आवेदन दिन आग्रह गरेको छ । समानुपातिक तर्फ महिला, युवा, दलित, आदिवासी–जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, साना व्यवसायी, श्रमिक, कृषि तथा प्रविधि क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई विशेष प्राथमिकताका साथ आवेदन दिन आग्रह गरिएको छ । उम्मेदवार सिफारिसका लागि पार्टीले तयार पारेको फारम अनलाइन वेभसाइट मार्फत तथा प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी संरचनाबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ । प्राप्त आवेदकहरूको राजनीतिक प्रतिवद्धता, पेशागत योग्यता, स्थानीय तथा राष्ट्रिय बस्तुस्थितीप्रतिको बुझाइ, पार्टीको घोषणापत्र र सिद्धान्तप्रति विश्वास, स्वच्द्ध छबी जस्ता सूचकका आधारमा छनौट गरिने र छनौट भएका सम्भावित उम्मेदवारलाई विशेष अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रममार्फत तयार पारिने योजना गरिएको छ । पार्टीका तर्फबाट यो प्रक्रियाले जेन जी आन्दोलनले उठाएको परिवर्तनको चाहनालाई संस्थागत गर्न, पुरानै पात्र र प्रवृत्तिमा निर्भर रहने संस्कृतिको अन्त्य गर्दै नयाँ पुस्ता र नयाँ विचारलाई अगाडि ल्याउने लक्ष्य रहेको बताइएको छ । उज्यालो नेपाल पार्टीले राजनीतिलाई इमानदार सेवा, सीप र समाधानमा आधारित पेशागत जिम्मेवारीको रुपमा लिन तयार सबै इच्छुक नागरिकलाई छिटोभन्दा छिटो आवेदन दिन आह्वान गरेको छ ।
प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि आवेदन आह्वान
पार्टीले सबै निर्वाचन क्षेत्र लक्षित गरी इमानदार, स्वच्छ छवि भएका, आफ्नो क्षेत्रमा सकारात्मक योगदान दिएर पहिचान बनाएका व्यक्तिहरूलाई प्रत्यक्षतर्फ उम्मेदवार बन्ने इच्छुक भए आवेदन दिन आग्रह गरेको छ । समानुपातिक तर्फ महिला, युवा, दलित, आदिवासी–जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, साना व्यवसायी, श्रमिक, कृषि तथा प्रविधि क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई विशेष प्राथमिकताका साथ आवेदन दिन आग्रह गरिएको छ ।
December 10, 2025
by
Administrator
in News