२०८२ मंसिर १७, प्रज्ञा भवन, कमलादीमा उज्यालो नेपाल पार्टीको भव्य घोषणा सभा सम्पन्न भएको छ । दिउँसो १ बजेदेखि ४ बजेसम्म चलेको सो कार्यक्रम मार्फत पार्टीले आफ्नो दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरेको छ । कार्यक्रम, पार्टीका अध्यक्ष इ. अनुप कुमार उपाध्यायको अध्यक्षतामा तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रज्ञा भवनको गेट र सभास्थल परिसर पार्टीको चुनाव चिन्ह बलिरहेको चिम, उज्यालो नेपाल पार्टीको झण्डा, होर्डिङ बोर्ड र स्वागत व्यानर लगायतले सजिएको थियो । “समृद्धि, सुशासन र सामाजिक न्याय” तथा “उज्यालो भविष्यको लागि, उज्यालो नेपाल” जस्ता नारासहितको दृश्यमा कार्यक्रम स्थल उज्यालो नेपाल पार्टीमय बनेको थियो । घोषणा सभा कार्यक्रममा पार्टीको नेतृत्व टोली, विभिन्न विषयका विज्ञ, प्राविधिक, नागरिक अगुवा, जेन जी आन्दोलनमा सक्रिय युवा तथा विभिन्न पेशागत समूहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्र २०८२ मा सुशासन, पारदर्शिता, भ्रष्टाचारविरुद्ध कडाइ, आर्थिक रूपान्तरण, गुणस्तरीय शिक्षा र स्वास्थ्य, प्रभावकारी सामाजिक सुरक्षा, प्रविधिमैत्री शासन प्रणाली तथा वैदेशिक रोजगारीमा रहेका नेपालीको राजनीतिक अधिकार जस्ता विषयलाई प्राथमिक एजेन्डाका रूपमा प्रस्तुत गरिएको थियो । कार्यक्रमका अध्यक्ष उपाध्यायले उज्यालो नेपाल पार्टी जेन जी आन्दोलनबाट उठेको जनआवाज र युवाको ऊर्जा तथा सिर्जनशीलतालाई संस्थागत गर्दै समृद्धि, सुशासन र सामाजिक न्यायको यात्रामा अगाडि बढ्न जन्मिएको दल भएको उल्लेख गर्दैे परिणाम देखिने, पारदर्शी र नागरिकप्रति जवाफदेही राजनीतिक अभ्यासमार्फत निराशा र आक्रोशलाई सकारात्मक परिवर्तनको शक्तिमा रूपान्तरण गर्न सबैसँग सहकार्य गर्न चाहेको धारणा पनि राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले जेन जी आन्दोलनलाई केवल सडकको आन्दोलनमा सीमित नराखी संगठित, नीतिगत र उत्तरदायी राजनीतिक संरचनामा रूपान्तरण गर्नु आजको ऐतिहासिक आवश्यकता भएको बताउदै, राजनीतिक परिवर्तन पटक पटक भए पनि रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य, उत्पादनमुखी लगानी र आधुनिक पूर्वाधार विकासमा केन्द्रीत आर्थिक रूपान्तरण बिना जनजीवनमा वास्तविक परिवर्तन नआउने उल्लेख गर्दै उहाँले युवाले उठाइरहेको परिवर्तनको चाहनालाई उज्यालो नेपाल पार्टीले नीतिगत सुधार, इमानदार नेतृत्व र प्रविधिमैत्री सुशासनमार्फत दीगो आर्थिक रूपान्तरणतर्फ अगाडि बढाएर सफल पार्नुपर्नेमा जोड दिनुभएको थियो । मन्तब्यको क्रममा उहाँले, उज्यालो नेपाल पार्टीको सफल यात्रा तथा देशको उज्यालो भविष्यको कामना गर्दै उहाँले पार्टी परिवार र सबै समर्थकलाई शुभकामना दिनुभयो ।
उज्यालो नेपाल पार्टीको घोषणा सभा सम्पन्न
कार्यक्रमका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले जेन जी आन्दोलनलाई केवल सडकको आन्दोलनमा सीमित नराखी संगठित, नीतिगत र उत्तरदायी राजनीतिक संरचनामा रूपान्तरण गर्नु आजको ऐतिहासिक आवश्यकता भएको बताउदै, राजनीतिक परिवर्तन पटक पटक भए पनि रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य, उत्पादनमुखी लगानी र आधुनिक पूर्वाधार विकासमा केन्द्रीत आर्थिक रूपान्तरण बिना जनजीवनमा वास्तविक परिवर्तन नआउने उल्लेख गर्दै उहाँले युवाले उठाइरहेको परिवर्तनको चाहनालाई उज्यालो नेपाल पार्टीले नीतिगत सुधार, इमानदार नेतृत्व र प्रविधिमैत्री सुशासनमार्फत दीगो आर्थिक रूपान्तरणतर्फ अगाडि बढाएर सफल पार्नुपर्नेमा जोड दिनुभएको थियो ।
December 1, 2025
by
Administrator
in News