२०८२ मंसिर ५ गते, उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएको छ । आयोगले आवश्यक कागजात र प्रक्रिया पूरा भएपछि पार्टीलाई विधिवत् दर्ता प्रमाणपत्र प्रदान गरेको छ । यससँगै उज्यालो नेपाल अब आगामी संघीय, प्रदेश र स्थानीय तहका निर्वाचनमा प्रतिस्पर्धा गर्न कानुनी रूपमा सक्षम भएको छ । पूर्व ऊर्जा सचिव इन्जिनियर अनुपकुमार उपाध्यायको नेतृत्व रहेको यस पार्टीको केन्द्रीय समितिमा प्राविधिक, विभिन्न विषयका विज्ञ, युवा, सामाजिक अभियन्ता र विभिन्न पेशागत समूहका प्रतिनिधिहरू समावेश छन् । पार्टीले चुनाव चिन्हका लागि बलिरहेको चिम प्रस्ताव गरेको छ र त्यसलाई “उज्यालो भविष्यको प्रतीक” भनिएको छ । दर्ता प्रक्रिया पूरा भएपछि पार्टीले काठमाडौँको प्रज्ञा भवन, कमलादीमा घोषणा सभा तथा घोषणापत्र सार्वजनिक कार्यक्रमको तयारी थालेको छ । उक्त कार्यक्रममा युवा पुस्तादेखि विभिन्न क्षेत्रका सरोकारवाला, विज्ञ, नागरिक अगुवा र आम नागरिकको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ । उज्यालो नेपाल पार्टीले विशेषगरी हालको राजनीतिक नेतृत्वप्रति निराश युवा पुस्ताको ऊर्जा र जेन जी आन्दोलनबाट उठेको परिवर्तनको चाहनालाई संस्थागत गर्दै वैकल्पिक राजनीतिक विकल्पको रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । पार्टीले “उज्यालो भविष्यको लागि, उज्यालो नेपाल” नारासहित पारदर्शी शासन, दिगो आर्थिक वृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य, प्रभावकारी सामाजिक सुरक्षा र भ्रष्टाचारविरुद्ध कडाइ आफ्नो मुख्य कार्यसूची हुने स्पष्ट पारेको छ ।
निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टी दर्ता
दर्ता प्रक्रिया पूरा भएपछि पार्टीले काठमाडौँको प्रज्ञा भवन, कमलादीमा घोषणा सभा तथा घोषणापत्र सार्वजनिक कार्यक्रमको तयारी थालेको छ । उक्त कार्यक्रममा युवा पुस्तादेखि विभिन्न क्षेत्रका सरोकारवाला, विज्ञ, नागरिक अगुवा र आम नागरिकको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ ।
November 29, 2025
by
Administrator
in News